Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ ।muesh-raj-kafle

मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन उपर पुन मूल्याङ्कनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो । उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता ऊर्जा मन्त्रालयलाई पत्राचार गरेपछि ऊर्जाले काफ्लेलाई हटाउन प्रस्ताव उठाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

काफ्ले र ऊर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्याङ्कन समितिले काफ्लेलाई अनुतिर्ण गरेको थियो । त्यसपछि उहाँले स्वतन्त्र मूल्याङ्कनको लागि भन्दै मन्त्रिपरिषदमा निवेदन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया