काठमाडौँ – व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।
‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको आजको राजधानी दैनिकमा खबर छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन भने बाँकी नै छ ।
सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराई, संसद सचिव हिमलाल सुवेदी र सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युबमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो । व्यवस्थापिका–संसदका हरेक बैठकको प्रत्यक्ष प्रसारण युट्युबबाट गरिए मोफसलमा रहेका संचारमाध्यसमेत लाभान्वित हुनेछन् ।
सूचना प्रविधिको विकाससँगै सूचनाको प्रचारप्रसारमा व्यापकता ल्याउने उद्देश्यले यस्तो कार्य गरिएको सचिवालयले जनाएको छ ।