Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – युवा क्रिकेटर सन्दीप लामिछाने आफ्ना आदर्श खेलाडी सेन वार्नसँगको भेट हुने सम्भावना लिएर थप उत्साहित छन् । अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कले मङ्गलवार अस्ट्रेलियामा खेल्ने सम्पूर्ण व्यवस्था मिलाएको घोषणा गरेसँगै सन्दीपको उत्साह अझ बढेको हो ।

‘मे’ को अन्त्यमा हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए । त्यही सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए । त्यसपछि क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाउनु र त्यसका लागि तयार भएर बस्नु भनेका थिए । नेपालको अन्तर्राष्ट्रिय खेल तालिका नभएको समय मिलाई क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा बोलाएका हुन् । क्लार्कले हब्लोटको प्रायोजनमा १६ वर्षे लेग स्पिनर सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाएको जनाएको आजको कान्तिपुर दैनिकमा खबर छ । सन्दीप अगस्ट १८ मा अस्ट्रेलियामा जाँदैछन् । क्लार्कले सोसल मिडियामा राखेको विज्ञप्तिअनुसार सन्दीपले माइकल क्लार्क क्रिकेट एकेडेमीमा ५ दिन प्रशिक्षण गर्नेछन् । त्यसपछि सन्दीपले वेस्ट सबर्बबाट खेल्ने छन् । Sandeep-Clarke-e1465011726426-1010x1024

सन्दीपले ५ महिना अस्ट्रेलियामा खेलेपछि जनवरीमा नेपाल फर्किने जनाए । अस्ट्रेलियामा उनले ग्रेड क्रिकेट खेल्ने छन् । अस्ट्रेलियामा यो क्लबरजिल्लास्तरीय प्रतियोगिता हो । ‘सबैलाई थाहा छ, यो ठुलो अवसर हो । क्लार्कको अगाडि मैले यो अवसर पाएको छु, त्यसैले राम्रो सिक्ने प्रयास गर्नेछु,’ गृहनगर चितवनमा रहेका सन्दीपले भने, ‘अस्ट्रेलियामा गएर मैले कस्तो गर्छु, त्यसमा धेरै निर्भर गर्नेछ । कसैलाई निराश नबनाउने मैले आशा लिएको छु । सधैँ–सधैँ यस्तो मौका आउँदैन, मैले यो बुझेको छु ।’ माइकल क्लार्कको एकेडेमीमा सन्दीपले एक खेल खेल्ने छन् । त्यसमा क्लार्क खेल्ने–नखेल्ने निश्चित नभएको सन्दीप बताउँछन् ।

त्यसपछि वेस्ट सबर्बको नेतृत्व गर्दै क्लार्कको टोली मैदानमा उत्रनेछ । त्यहींबाट सन्दीपले खेल्ने छन् । सेप्टेम्बर २४ मा वेस्ट सबर्बले मोसमानसँग एलन बोर्डर ओभलमा क्लार्क र सन्दीप पहिलोपटक अस्ट्रेलियामा एक पटक मैदानमा उत्रिने छन् । ‘सन्दीप उत्कृष्ट युवा हुन्, जो आफ्नो क्रिकेट जीवनमा रमाइरहेका छन् र खेलप्रति उनको ठुलो समर्पण छ । उनीजस्ता प्रतिभावान नेपाली क्रिकेटरले यत्रो यात्रा तय गरेर आफ्नो क्षमता देखाउन खोज्नु निकै उत्साहजनक छ र उनले मेरो एकेडेमीमा आफ्नो खेललाई माथि लैजाने छन् । म उनीसँगको सहकार्यका लागि प्रतीक्षामा छु,’ क्लार्कले जारी विज्ञप्तिमा भनेका छन् ।

तपाईको प्रतिक्रिया