Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – विशेषज्ञहरुले जिका संक्रमण कुनै पनि समय देखिन सक्ने चेतावनी दिदैं तत्काल मुलुक सुहाउँदो रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन् ।

सानो टाउको भएका बालबालिका जन्मन थालेपछि मात्र यो संक्रमण भित्रिएको थाहा पाउने स्थिति आउनुभन्दा पहिले नै बचाउको रणनीति बनाउन जोड दिएका हुन् । नेपालीहरू कार्यरत मलेसिया तथा सिंगापुरमा जिकाको संक्रमण देखिएपछि विज्ञहरु चिन्तित भएको आजको कान्तिपुर दैनिकमा खबर छ । सिंगापुरमा २१ चिनियाँ, १३ भारतीय तथा ६ बंगलादेशीसहित १ सय १५ जनामा यो संक्रमण देखिएको छ । सिंगापुरबाट मलेसिया फर्किएकी एक महिलामा समेत यो संक्रमण देखिएको छ । मुलुकमा डेंगु र चिकनपुनियाको संक्रमण फैलाउने एडिस जातको लामखुट्टे नै जिका संक्रमणका लागि जिम्मेवार मानिन्छ ।

‘हामी जिका संक्रमणको अत्यन्त ठूलो जोखिममा छौँ, मैले वर्षे्नि डेंगु लागेर उपचारका लागि मलेसियाबाट आउने नेपाली कामदारको उपचार गर्दै आएको छु,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्नुहुन्छ, ‘त्यहाँबाट जिका संक्रमित एक जना यहाँ आए र तिनलाई स्थानीय एडिस एजिप्टी जातको लामखुट्टेले टोक्यो भने एक–दुई हुँदै मुलुकमा नै यो संक्रमण फैलन सक्छ ।’

तपाईको प्रतिक्रिया