Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – दसैँका लागि उपत्यकामा करिब ५० हजार खसीबोका र च्यांग्रा भित्राईने भएको छ । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणमा खसीबोका ल्याउने तयारी थालेका हुन् ।khasiboka

दसैँमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएको आजको कान्तिपुर दैनिकमा खबर छ । ‘दसैँका लागि खसीबोका र च्यांग्रा गरी ३ हजार भित्राउने तयारी छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भन्नुभयो, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो ।’ खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्रचार गरिसकेको छ । संस्थानले अञ्चल कार्यालय नेपालगन्ज, दाङ, वीरगन्ज कार्यालयमा पत्राचार गरेको छ । संस्थानले पठाएको पत्रमा स्थानीय बजार मूल्य, रोगव्याधि, ढुवानी व्यवस्थालगायत खरिद प्रक्रिया व्यवस्थापन गर्न भनेको छ ।

‘चाडपर्वमा खरिद प्रक्रिया ढिलो नहोस् भनेर सम्बन्धित कार्यालयमा पत्रचार गरिसकेका छौँ,’ श्रेष्ठले भन्नुभयो । संस्थानले नेपालगन्जबाट १ सय ५०, दाङबाट २ सय, वीरगन्जबाट ५ सय ५० र बाँकी अन्य जिल्लाबाट खरिद गर्ने योजना बनाएको छ । मुस्ताङबाट कम्तीमा १५ सय च्यांग्रा खरिद गरिने संस्थानले जनाएको छ । उपत्यका भित्रिएको उक्त खसीबोका सुलभ मूल्यमा बिक्री गरिने संस्थानका प्रवक्ता पवन कार्कीले जानकारी दिनुभयो । ‘दसैँमा खसीबोकाको माग हवात्तै बढ्छ ।

सोहीअनुसार व्यापारीले पनि मनोमानी रूपमा मूल्य असुल्छन्,’ उहाँले भन्नुभयो, ‘संस्थानले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा किलोमा १० देखि १५ रुपैयाँ सस्तोमा बिक्री गर्छ ।’ गत वर्ष भने संस्थानले २५ सय खसीबोका र च्यांग्रा ल्याउने बताए पनि इन्धनलगायत समस्याले ११ सय ३६ वटा मात्रै ल्याएको थियो । संस्थानले खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा खरिद समिति गठन गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया