Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – पदाधिकारी र बाँकी केन्द्रीय सदस्य मनोनयन गर्न नसकेको भन्दै पार्टी पंक्तिबाटै चर्को आलोचना खेपिरहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवाले बाँकी सदस्य, सहमहामन्त्री र महामन्त्रीपछि मात्रै उपसभापति मनोनयन गर्ने धारणा अघि सार्नुभएको छ ।

उपसभापति मनोनयनमा चर्को विवाद देखिने भएपछि सभापछि देउवाले यस्तो धारणा अघि सार्नुभएको हो । सभापति देउवाले आफ्नो योजनालाई लिएर आइतबार आफू निकट नेताहरू बालकृष्ण खाँण र डा. प्रकाशशरण महतसँग सल्लाहसमेत गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

तरुण दलको महाधिवेशन केही दिन पर सार्ने विषयमा छलफल केन्द्रित भए पनि देउवाले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको विषयमा पनि कुराकानी गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार सभापति देउवाले महामन्त्री र सहमहामन्त्री पछि मात्रै उपसभापति मनोनयन गर्दा कस्तो होला भनी जिज्ञासा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया