Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको आजको राजधानी दैनिकमा खबर छ ।

आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका छन् । संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ ।

तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गर्नुभएको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गर्नुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले ड्राफ्टिङ कमिटी गठनबारे आफ्नो दललाई जानकारी नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया