Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

भोजपुर – पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको मृत्यु भएको छ ।

गएराति परेको अविरल वर्षापछि गएको पहिरोका कारण भोजपुर कुलुङ– ६ जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी ५४ वर्षीया श्रीमती राममनी राईको मृत्यु भएको हो । कुलुङ–९ स्थित जगतमान राईको घर पहिरोले पुरिएपछि सोही घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, पहिरोले क्षति पुर्‍याएको सूचनाका आधारमा कुलुङबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा पुरिएको घर उत्खनन गर्दा राई दम्पती आज मृत अवस्थामा फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया