Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गतः शुक्रवार राति निधन भएको छ । गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उहाँको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ ।

उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मनु भएका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन्द इन्स्टिच्युट अफ नेशनल इकोनोमिमा मेकानिकल ईन्जिनियरिंग र अर्थशास्त्र विषयमा स्नातक उपाधि हासिल गर्नुभएको थियो । अध्ययन पश्चात् उहाँले विमान उत्पादन गर्ने एउटा कम्पनी समूहमा मेकानिकल इन्जिनियरको पदमा केही वर्षसम्म काम गर्नु भयो । राजनीतिप्रति झुकाव रहेका कारण सन् १९६६ मा इन्जिनियरको जागिर छाडी तत्कालीन सोभियत संघको कम्युनिस्ट पार्टीमा आवद्ध भई निरन्तर लाग्दालाग्दै राज्यस्तरको उच्च नेताको तहसम्म पुगी आफ्नो राजनीतिक चरित्र निर्माण गर्नु भयो ।160902224319_karimov_640x360_reuters_nocredit

राजनीतिक चरित्र निर्माणकै क्रममा सन् १९८९ को जुन महिनामा पछि उहाँले उज्बेकिस्तान कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रथम सचिवको दायित्व वहन गर्नु भएको एक वर्षभन्दा कम समयावधिः १९९० मार्च २४ मा उहाँ उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राष्ट्रपति पदमा निर्वाचित हुनुभयो । तत्कालीन सोभियत संघ अन्तर्गत रहेको देशको सर्वौच्च नेताको हैसियतमा उहाँले सन् १९९१ अगस्ट ३१ का दिन उज्बेकिस्तान एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएको घोषणा गर्नु भयो तथा उज्बेकिस्तान पिपुल्स डेमोक्र्या्टिक पार्टीको स्थापना गरी त्यसको सर्वोच्च नेतामा चयन पनि हुनुभयो । सोही वर्ष सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उहाँ स्वतन्त्र उज्बेकिस्तानको प्रथम राष्ट्रपति पदमा निर्वाचित हुनुभयो ।

सन् १९८९ को मध्यतिर तत्कालीन सोभियत संघ टुक्रिएपछि उज्बेकिस्तान कम्युनिस्ट पार्टीले सोभियत संघआबद्ध राजनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेको थियो । स्वतन्त्र उज्बेकिस्तानको सर्वोच्च पद लगातार पच्चिस वर्षसम्म सफलतापूर्वक सम्हाल्नु भएका इस्लामको निधन हुनु अघिसम्म तेस्रो पटकको राष्ट्रपतीय कार्यकाल व्यतीत भइरहेको थियो । उज्बेकिस्तानको संविधान अनुसार यस्तो अवस्थामा तीन महिना भित्र राष्ट्रपतीय निवार्चन सम्पन्न गर्नुपर्ने छ । नयाँ राष्ट्रपतिको चयन नभएसम्मका लागि राष्ट्रपतिले सम्हाल्दै आउनु भएका अभिभारा सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभले अस्थायी रूपमा वहन गर्नु हुने छ । राष्ट्रपति इस्लामको दुइवटी महिलासँग विवाह भएको र दोस्रो पत्नीपट्टिबाट दुईवटीः गुल्नारा करिमोभा तथा लोला करिमोभा–तिल्याएभा नामका छोरीहरू छन् । दुवै छोरीहरू उज्बेकिस्तानको उच्च कूटनीतिक पदमा कार्यरत छन् । शनिवार गृहनगर समारकण्डमा उहाँको अन्तयेष्टि गरेपछि तीनदिने राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ ।

यसैबिच चीनका राष्ट्रपति सी जिन पिङ्गले बेइजिङ्गबाट उज्बेकिस्तानको सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभलाई सम्बोधन गरी टेलिग्राममार्फत् आज एक शोकसन्देश पठाउनु भएको छ । उक्त शोकसन्देशमा राष्ट्रपति इस्लामको निधनप्रति गहिरो समवेदना प्रकट गरिएको र शोकसंतप्त परिवार तथा राष्ट्रवासीप्रति हार्दिक सहानुभूति व्यक्त गरिएको छ । उहाँको असामयिक निधनमा आफू तथा सम्पूर्ण चिनियाँ जनता भावबिह्वल भएको र यस्तो राष्ट्रिय दुखःद घडीमा चीन सदैव उज्बेकिस्तानको साथ र नजिक रहने पनि उक्त सन्देशमा उल्लेख गरिएको छ । –सिन्ह्वा

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया