Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार परिसरभित्र जुवा खेल्ने कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

काममा आएका सेवाग्राहीलाई कुराएर कर्मचारीले जुवातास खेल्ने गरेको गुनासो आएको भन्दै प्रधानमन्त्री प्रचण्डले शुक्रवार मुख्य सचिव सोमलाल सुवेदीलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो । दाहालले सिंहदरबार परिसरभित्र जुवातास खेल्ने कर्मचारीको पहिचान गरी कडा कारबाही गर्न मुख्य सचिव सुवेदीलाई निर्देशन दिनुभएको छ ।

सबै कर्मचारीलाई कार्यालय समयमा उपस्थित रहेर जनताको काम गर्न तथा कुनै पनि गलत काम नगर्न प्रधानमन्त्रीले मुख्यसचिवलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया