Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारले उद्योगमैत्री नीति बनाउने तयारी गरिरहेको बताउनुभएको छ । 1321683224nabindra-raj-joshi.JPG

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आज राजधानीमा गरेको नवनियुक्त उद्योग मन्त्री जोशी र स्वास्थ्य मन्त्री गगन थापालाई बधाई तथा शुभकामना दिन गरेको कार्यक्रममा उँहाले औद्योगिक विकास विना मुलुकको विकास सम्भव नभएको बताउनुभएको हो । उहाँले सरकारले चाँडै उद्योगमैत्री नीति ल्याउने तयारी गरेको जानकारी पनि दिनुभयो ।

मन्त्री जोशीले उद्योग मन्त्रालयभित्र अनियमितता र काममा ढिलासुस्ती हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य सेवा शहरीकरण हुँदै गएको भन्दै उनले आफूले स्वास्थ्य सेवालाई ग्रामीण स्तरसम्म पुर्‍याउने दाबी गर्नुभयो ।

स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउने पनि उँहाको प्रतिबद्धता थियो ।

तपाईको प्रतिक्रिया