Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

खोटाङ – खोटाङका ग्यास व्यवसायीले खाना पकाउने ग्यासको मूल्य घटाएका छन् । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ग्यास डिलर र व्यवसायीले प्रतिसिलिण्डर २ सय ५० रुपैयाँका दरले घटाएका हुन् ।

२१ सयका दरले बिक्री हुँदै आएको मूल्य १८ सय ५० रुपैयाँ कायम गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

उद्योग बाणिज्य संघको रोहबरमा शनिबारदेखि लागु हुनेगरी ग्यासको मूल्य घटाएको हो । ढुवानी दर घटेका कारण ग्यासको मूल्य घटेको हो ।

तपाईको प्रतिक्रिया