Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा – ७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो ।

त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तरसुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँ हजार रुपैयाँ बोकेर बिराटनगर लाग्नुभयो ।

जिल्ला सदरमुका पुगेर उहाँले त्यही पैसाले कपडा खरिद गर्नुभयो । तीस हजोर स्कुल ड्रेस उतै सिलाएर भौडाहा फर्किनुभयो । गाउँमा विद्यालय जाने उमेरका बालबालिकालाई जहाँजहाँ भेट्यो त्यहीँ नयाँ लुगा लगाइदिन थाल्नुभयो । सुवेदीको अभियान देखेर अभिभावक छक्क परे ।

यहाँ सीमान्तकृत सरदार, राजवंशी, ताजपुरिया र मुडियार समुदायको बाहुल्य छ ।तेह्र वर्षअघि बन्द गर्न निर्देशन दिइएको त्ही विद्यालय अहिले श्रव्यदृश्यका माध्यमबाट पठनपाठन गराउने विद्यालयका रुपमा जिल्लामै नमुना बनेको छ ।

‘अहिले तीस जोर लुगा बाँडेर विद्यालय बच्यो भनेर सुनाउँदा धेरैले पत्याउँदैनन, सुवेदीले भन्नुभयो, ‘बाटोबाटोमा भेटिएका जति सबै बालबालिकालाई नयाँ लुगा लगाइदिएँ घरघरमा गएर पनि लुगा बाँडे ।

तपाईको प्रतिक्रिया