Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

थारु राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताउनुभयो ।

parchanda

सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ रहेको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिनुभयो ।

मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न आग्रह गरेको थियो । यस्तै बर्दियाको राजापुर बजार व्यवस्थित गर्न समेत मोर्चाले माग गरेको छ ।

कालीकोट, अछाम, जुम्ला, जाजरकोटको बजारका रुपमा परिचित राजापुर बजारको स्थायी नाप नक्सा गर्न लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको मोर्चाका नेता सन्तकुमार चौधरीले बताउनुभयो ।

सो अवसरमा सांसद अमनलाल मोदी अन्जना चौधरी, दुर्गा खुना र नेता दुर्गाबहादुर चौधरीले आदिवासी थारु समुदायको माग सम्बोधन गर्न र संविधानमा समेटन बाँकी रहेका विषय संशोधनमार्फत अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया