Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – विभिन्न विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकिएकै समयमा गर्न माग गरेका छन् । Joint-student-meeting

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालय पुतलीसडकमा आज बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा शैक्षिक अराजकता बढेको भन्दै तत्काल निर्वाचन गर्न माग गर्दै चुनावका बिगायमा सबै विद्यार्थी संगठन एकजुट हुने पनि बताएका छन् । स्ववियू निर्वाच आगामी फागुन १४ गतेको लागि तोकिएकोमा यसलाई तोकिएकै मितिमा सम्पन्न गराउन सबै कसरतहरू गर्ने निर्णय गरिएको हो ।

त्यस्तै बैठकले विद्यार्थी आन्दोलनबाट हालसम्म प्राप्त उपलब्धि कार्यान्वयन गर्ने, चार्डपर्व नजिकिँदै गर्दा उपभोग्य बस्तु र यातायातका साधनहरूमा देखिएको मुल्यबृद्धि, कालोबजारीलाई निराकरण गर्न सरकारलाई दबाब दिने, भूकम्प तथा बाढी पहिरोपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्ने लगायतको निर्णय गरेको बैठकमा सहभागी नेबिसंघ उपाध्यक्ष डिल्ली सुबेदीले जानकारी दिनुभयो ।

बैठकले शिक्षामा भएको व्यापारिकरण र चर्को शुल्कको विरोध गर्दै प्रभावकारी अनुगमन गर्ने निर्णय पनि गरेको सुबेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया