Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पूर्वाधारको विकास भएमात्र पर्यटन क्षेत्रको समग्र विकास हुने बताउनुभएको छ । jiban-shahi

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले पर्यटनको विकास गर्न आफ्नै कार्यकालमा अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा जहाज भित्राउने उल्लेख गर्नु भयो । मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामूलक र विदेशी उडानलाई आम्दानी गर्ने माध्यमका रूपमा विकास गरेमात्र पर्यटनको विकास हुने स्पष्ट पार्नुभयो ।

उहाँले भूकम्पबाट क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि लाग्ने खर्च र योजना एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको बताउनुभयो । उहाँले मुलुकको पर्यटन विकासका लागि सातवटै प्रदेशका सम्भावित स्थानको कार्ययोजना बनाउन निर्देशन दिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया