Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानले ‘तिज धमाका २०१६’ कार्यक्रम गर्ने भएको छ । 14193767_1102633626457071_704926765_n

‘स्वास्थ्य सामग्री वितरण तथा भैपरी आउने आकस्मिक कोष निर्माणार्थ’ भन्ने मूल नाराका साथमा समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो । जापानका प्रमुख ३ सहरमा हुने कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी कलाकारहरू खुमन अधिकारी, राधिका हमाल र जमुना राना मगर सँगै जापानका ख्यातीप्राप्त कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

जापानका मुख्य शहरहरुमध्ये फुकोओकामा सेप्टेम्बर ३ तारिक, टोकियोमा ४ तारिक र नागोयामा १० तारिक कार्यक्रम हुनेछ । परोपकारी कामलाई सहयोग पनि हुने र नेपालका ख्याति प्राप्त कलाकारका साथमा नाच्ने, गाउने, रमाउँदै महान् पर्व मनाउने अवसर भएकोले जापानवासी महिलाहरूलाई कार्यक्रममा सहभागी भएर परोपकारी कामलाई सहयोग पुर्‍याउन आयोजकले अनुरोध पनि गरेको छ ।

स्याङ्जा समाज जापानले हरेक वर्ष यस्ता मनोरन्जनका कार्यहरुसहित परोपकारी कामहरू पनि गर्दै आइरहेको छ । स्याङ्जा जिल्लाबाट जापानमा कार्यरतहरुको साझा संस्था ‘स्याङ्जा समाज जापान’ सामाजिक क्षेत्रमा पनि सक्रिय छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया