Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् । वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् ।

वनकरिया समुदायका पुरुष चुलोचौका र जंगल छाडेर अन्यत्र जान रुचाउँदैनन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । देशमा पुरुषबाट महिलापछि परे भन्दै हरेक क्षेत्रमा पुरुषसरह महिला सहभागिताको कुरा चलिरहेको छ । तर, वनकरिया बस्तीमा महिलाभन्दा पुरुष पछि परेको गुनासो गर्छन् । पुरुषहरू भन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुषहरू चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै पनि रुचाउँदैनन्, लजाउँछन् ।

आफूहरुको हकअधिकारको विषयमा सदरमुकाम हेटौंडामा आएर कुरा राख्नुपर्यो भन्दा पुरुषहरू लजाउँदै घरभित्र पस्छन् भने गाउँका हरेक काममा महिला मूली हुन्छन् ।

तपाईको प्रतिक्रिया