काठमाडौं – सुनको भाउ बुधबार ३ सय रुपैयाँँ घटेको छ । मंगलबार तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी भाउ भने स्थिर छ । चाँदी तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।