Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबुओ किसीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो । प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गर्नुभएको थियो । prachanda-3-e1470728424325

प्रधानमन्त्री दाहालले काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो । जापानका राज्यमन्त्री किसीले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनःनिर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताउनुभयो । राज्यमन्त्री किसीले काठमाडौँ नौबिसे सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावप्रति समर्थन गर्दै जापानको तर्फबाट रु १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराउनुभएको थियो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उहाँ नेपाल आउनुभएको हो । नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रूपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री दाहाल र राज्यमन्त्री किसीले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया