Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् । पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग आफूहरु मुलुकको हितमा सक्रिय भएर काम गर्न चाहेको बताएको हो ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँबाट आवश्यक भूमिका खेल्न पूर्व सांसदलाई आग्रह गर्नुभयो । उहाँले उनीहरूलाई मुलुकको समृद्धिमा सघाउँदै परिवर्तित सन्दर्भमा मुलुकको सकारात्मक हितमा लाग्न जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । भेटमा पूर्व सांसद मञ्चले सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित ज्ञापनपत्र बुझाएको मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीले पूर्व सांसदको मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै अन्य मागका विषयमा सबै पक्षसँग छलफल गर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया