Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

चितवन – रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताउनुभएको छ । balkrishna-khad-800x667

पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्‍याएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको हो । फरक प्रसङ्गमा मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने भन्दै त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको पनि बताउनुभयो ।

मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरू सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडको भनाइ थियो । संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताउनुभयो ।

संविधान निर्माणमा जुटेका तीन ठुला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया