काठमाडौँ – नेपाली सेनाले १ सय ५० अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । आज एक विज्ञापन मार्फत भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको हो ।
महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि विज्ञापन खोलिएको जनाईएको छ । सेनाले वेभ साइटबाट अनलाइन दरखास्त भर्न सकिने पनि जनाएको छ । आवेदन दिनका लागि प्रवीणता तह उत्तीर्णको हकमा २१ वर्ष ननाघेको र स्नातकको हकमा २४ वर्ष ननाघेको हुनुपर्ने बताएको छ ।
आवेदनका लागि जंगी अड्डा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको छ । ईच्छुकले असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
विज्ञापन :