Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

जापान – नेपाली महिलाहरूको महान् चाड तिजको अवसरमा नेपाली साझा समाज जापानको आयोजनामा रमाइलो तिज कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 2

जापानको गुन्माकेन ओइजुमी कोउमिन्खानमा अगस्ट २८ का दिन भव्य कार्यक्रम सम्पन्न भएको हो । गुन्माकेन र यस वरपर छिमेकी केन हरुको नेपालीहरूलाई एकै ठाउँमा भेला गराई हरेक वर्ष तिज कार्यक्रमको आयोजना गर्दै आएको यस समाजले यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।कार्यक्रममा विभिन्न नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू,ओइजुमि सिटिका सरकारी अधिकारीहरू, जापानी सरकारी टेलिभिजन एन एच के का पत्रकारहरु तथा जापानी नागरिकहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा जापानका स्थापित नेपाली कलाकारहरू सूर्य खड्का, विनोद भण्डारी, सोना केसी र राजकुमार लामिछानेको बेजोड गायन प्रस्तुति तथा अबागिना कल्चरल गुप्रका कलाकारहरूको आकर्षक नृत्यले उपस्थित दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । 1

अध्यक्ष बुद्धि शेरचनले कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया