Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपाल भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ ।

तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहति नेपालले बैठकको एजेन्डाकै रूपमा प्रस्तुत गर्न लागेको आजको राजधानी दैनिकमा खबर छ । अपहरण तथा फिरौतीमा भारतीय नागरिककै संलग्नतासमेत पाइएपछि गृह मन्त्राललयले प्राथमिकतामा राखेको छ ।

भारतीय भूमिबाट नेपाल लक्षित अपराध हुने गरेको तथा नेपालमा अपराध गरेर भारतीय भूमिमा आश्रय लिने घटना पनि पछिल्लो समय बढेको छ । सीमा अपराध नियन्त्रणका विषयमा दुईदेशका अधिकारीबीच पटकपटक छलफल हुने गरैको भए पनि कार्यन्वयन पक्ष फितलो देखिएको छ ।

तपाईको प्रतिक्रिया