Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी) का अनुसार भारतमा मात्र बर्से्नि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ ।Mahila-Bikri-1

अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ । एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरीले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभनमा, सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको देखियो । अहिले यौन व्यवसायका लागि मात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको देखिन्छ ।’

खुल्ला सिमानाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरेपनि माइती नेपाललगायतका विभिन्न संस्थाको सक्रियतामा केही कमी आएको उहाँले बताउनुभयो । एनएनएजिटीको सोमबार सम्पन्न दुईदिने चौथो राष्ट्रिय सम्मेलनले सरकारले मानव बेचबिखनसम्बन्धी नयाँ कानुन बनाउनुपर्ने र भएका कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ ।

यसै गरी, सम्मेलनले बेचबिखनमा परेका महिलाको उद्धार कार्यलाई प्रभावकारी बनाउनुपर्ने र पीडितलाई न्याय दिलाउनेतर्फ सरकारले छिटोभन्दा छिटो पहल गर्ने संयन्त्र गठन गर्नुपर्ने जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया