Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – सरकारी संयन्त्र जनताप्रति उत्तरदायी हुन नसक्दा उपभोक्ताले चर्को महंगीको सामना गर्नुपरेको छ । सरकारी तथ्यांकले नै पहिलो पटक मूल्यवृद्धिको सूचकाँक दोहोरो अंकमा रहेको देखाएको आजको राजधानी दैनिकमा खबर छ । khadhynna

सर्वसाधारण भने सरकारी तथ्यांक भन्दा चर्को महंगीको महसुस गरिरहेका छन् । सरकारी संयन्त्र फितलो हुँदा समग्रहमा मूल्यवृद्धि नियन्त्रणमा आउन नसकेको हो । बिचौलियाका कारण उपत्यकामा तरकारीको मूल्य निकै महँगिएको छ । यसकारण सबै भन्दा बढी महंगीको सामना काठमाडौँका उपभोक्ताले गर्नुपरेको छ । काठमाडौँ उपत्यकामा मूल्यवृद्धि ११ दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै पहाडमा १० दशमलव ४ प्रतिशत र तराईमा ८ दशमलव ६ प्रतिशत मूल्य बढेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर काठमाडौँ उपत्यकामा ७ दशमलव २ प्रतिशत , पहाडमा ७ दशमलव ३ प्रतिशत र तराईमा ७ दशमलव १ प्रतिशत रहेको थियो । दैनिक प्रयोगमा आउने वस्तुको उच्च मूल्यवृद्धिले आमउपभोक्ताको दैनिकी निकै कष्टकर भएको देखाउँछ ।

यसैको कारण समग्र मूलयवृद्धि सूचकांक पनि उच्च भएको हो ।

तपाईको प्रतिक्रिया