Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनबिज्ञ देखिएको छ । lanka-flag-getty

पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तामाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् । श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन । त्यस्तै तामाङले पनि आजीवन जेल सजाय पाएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवत्ता भरतराज पौडेलले लामोसमय देखि श्रीलंकामा राजदूत नभएका कारण समस्या भएको बताउँदै राजदूत नियुक्तिसँग उनीहरुको जीवन रक्षाको लागि ठोस पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया