Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । Prachanda

प्रधानमन्त्री दाहालले आज चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ३७०९ नंम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो ।

प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरूको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो । दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

गएराति बस दुर्घटनामा परेको भए पनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि उद्धार सुरु गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया