Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – सत्तासाझेदार दल नेपाली काँग्रेसले सरकारमा सहभागी हुने १३ मन्त्रीको टुंगो लगाएको छ । झन्डै तीन साता लामो आन्तरिक किचलोपछि नेपाली काँग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको हो । Final mantri

यो सँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा काँग्रेसको भागमा १५ मन्त्रालय परेका छन् । मन्त्रीहरुको सपथ आज बिहान ९ बजेका लागि तय गरिएको छ । माओवादी र काँग्रेसबीच सुरुमा ८ र १३ मन्त्रालय बाँडफाँड भएको थियो । यद्यपि, काँग्रेसभित्रको अन्तरिक भागवण्डा मिलाउन थप दुई वटा मन्त्रालय दिने समझदारी भएको छ । ५ मन्त्रालय नपाए सरकारमै नजाने धम्की दिएपछि अन्ततः पाँचवटा मन्त्रालय दिएर सभापति देउवाले पौडेल समूहको असन्तोषलाई मथ्थर पार्नुभएको हो । काँग्रेसमा रामचन्द्र पौडेल समूहबाट पाँच तथा कृष्ण सिटौला र खुमबहादुर खड्का समूहबाट एक–एक मन्त्री हुँदैछन् ।

बाँकी ६ मन्त्री भने संस्थापन समूहबाट चयन भएका छन् । पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दीपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने हुनुभएको छ । यस्तै, पार्टी सभापतिको समूहबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाही, केशव बुढाथोकी र सूर्यमान गुरुङ मन्त्री बन्ने हुनुभएको छ भने खुमबहादुर खड्का समूहबाट शंकर भण्डारी र कृष्ण सिटौला समूहबाट गगन थापा मन्त्री बन्ने छन् ।

काँग्रेसले यसअघि विमलेन्द्र निधिलाई उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी दिईसकेको छ ।

कसलाई कुन मन्त्रालय ?
अर्जुननरसिंह केसी – सहरी विकास
प्रकाशशरण महत – परराष्ट्र
बालकृष्ण खाँड – रक्षा
सूर्यमान गुरुङ – श्रम तथा रोजगार
केशवकुमार बुढाथोकी – सामान्य प्रशासन
रोमी गौचन थकाली – वाणिज्य
सीतादेवी यादव – शान्ति
जीवनबहादुर शाही – पर्यटन
दीपक गिरी – सिँचाइ
नवीन्द्रराज जोशी – उद्योग
शंकर भण्डारी – वन
गगन थापा – स्वास्थ्य
हृदयराम थानी – सहकारी तथा गरिबी निवारण

तपाईको प्रतिक्रिया