Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – सरकारमा सहभागी हुने मन्त्रीको सङ्ख्यालाई लिएर नेपाली काँग्रेसभित्र उब्जिएको विवाद अन्त्य भएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि काँग्रेसभित्रको मन्त्रालय विवाद टुंगिएको हो । sher-bahadur-and-ramchandra-paudel

बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाउनुभएको थियो । यसअघि पटक–पटक भएको छलफल असफल भएपछि पौडेल समूहले पाँचमन्त्री र चार राज्यमन्त्री नपाए आफ्नो तर्फबाट सरकारमा सहभागी नहुने चेतावनी दिँदै आएको थियो ।

काँग्रेसले सरकारमा सहाभागी हुने मन्त्रीको आजै टुंगो लगाएर प्रधानमन्त्रीलाई नाम दिने तयारी थालिएको छ । यद्यपि पौडेल पक्षले नामको टुंगो भने लगाइसकेको छैन् ।

पौडेल पक्ष आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न आन्तरिक गृहकार्यमा लागेको छ ।

तपाईको प्रतिक्रिया