Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

वुटवल – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान खारेज गर्नुपर्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले संविधान संशोधनले समस्याको निकास नदिने भएकाले खारेज नै गर्नुपर्ने बताउनुभएको हो । उहाँले मधेसबादी दलले भनेजस्तो संविधान संशोधन र पुनर्लेखनले संविधानलाई सर्वस्वीकार्य बनाउन नसक्ने बताउनुभएको हो ।

माओवादी केन्द्रका नेता सुविधाभोगी भएको आरोप लगाउँदै उहाँले सरकारले सुकुम्बासीलाई लखेटन खोजेको पनि बताउनुभयो । अध्यक्ष वैद्यले जलविद्युत् परियोजनाहरु स्वदेशी लगानीमै बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया