काठमाडौँ – सरकारले मधेस आन्दोलनमा ५२ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाका परिवारलाई १० लाख दिने निर्णय गरेको हो ।
साथै बैठकले आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न पूर्व न्यायाधिश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन पनि गरेको छ ।