Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भारतका लागि प्रधानमन्त्रीका विशेष दूत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते दिल्ली जाने हुनुभएको छ । bimlendra-nidhi

निधिले मंगलबार अपरान्ह गृह मन्त्रालयमा भारतीय राजदूत रञ्जित रे सँगको छलफलपछि आफ्नो दिल्ली भ्रमणको मिति तय गर्नुभएको हो । निधिले भारतीय राजदूत रेसँग आफ्नो भ्रमणलाई लिएर भारतमा भइरहेको तयारीका बारेमा जानकारी लिनुभएको थियो ।

उँहाले भारतीय राजदूत रेलाई आफू भदौ २ गते दिल्ली जाने तथा ३ र ४ गते राजनीतिक नेतृत्वसँगको औपचारिक भेटवार्तामा सहभागी हुने जानकारी गराएको बुझिएको छ ।

प्रधानमन्त्रीको विशेष दूतका रूपमा अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार नै चीन प्रस्थान गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया