Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

नवलपरासी –नवलपरासीको दाउन्नेमा यात्रुबाहक जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीपको ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुक्रौली –८ का जीप चालक सुदाखर पाण्डे, भारतको धर्मपुर बस्ने चिन्तु साहनी र बन्झरिया –८ वणगो माइती तथा देवगाउँ गोहीनी बस्ने ठानमती चौधरी रहेका छन् भने एक महिलाको अझै सनाखत हुन सकेको छैन ।

घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचार भएको छ ।

तपाईको प्रतिक्रिया