Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Roshan Jeeटोकियो – नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौ अधिवेशन नजिकिदैं गर्दा नयाँ कार्यकालका लागि एनआरएनका पूर्व अध्यक्ष लालबहादुर केसी (रोशन) ले नेतृत्वको दावी गर्दै उम्मेदवारीको घोषणा गरेका छन् ।
केसीले आफ्नो प्यानलबाट उम्मेदवारहरुको नामसहित १० बूँदे प्रतिबद्धतापत्र जारी गर्दै नेतृत्वमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

सार्वजनिक गरिएको केसी प्यानलका उम्मेदवारहरुमा महामन्त्रीमा रेशम डंगोल, कोषाध्यक्षमा साबित्री लामा (लक्ष्मी) रहेका छन् भने सदस्यहरुमा नवराज थापा, पिताम्बर चापागाई (पदमपानि), रामकृष्णबम मल्ल, बिष्णु अर्याल, टिकाराम खरेल, एलएन गुराँगाईँ (लक्ष्मण), युवराज अधिकारी, पोस्कान्त न्यौपाने, कमल आचार्य, राजु पनेरु, निरज कोइराला, रामशरण रेग्मी, किरण उप्रेती, ध्रुब बस्नेत, बासुदेव बस्ताकोटी, मदन पौडेल, रामप्रसाद बाँस्तोला, दिपकप्रसाद भुसाल, सुजन जोशी र नृप बुढा रहेका छन् । यसैगरी महिला सदस्यहरुमा लक्ष्मी तामाङ, मञ्जु क्षेत्री र शान्ता देवकोटा रहेका छन् भने जनजातिबाट टेकबहादुर नेपाली रहेका छन् ।

नेपाली जनसम्पर्क समिति जापान अहिले पुरै चुनावी माहौलमा होमिएको छ । नेतृत्वको दावी गर्दै अर्का दावेदार डिपी कँडेलले पनि आफ्नो प्यानलसहित हिजै उम्मेदवारीको घोषणा गरिसकेका छन् ।
Roshn Kcदेशकै सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसमा कोइराला हुँदै अहिले रामचन्द्र पौडेलको गुट र शेरबहादुर देउवा गुटको प्रतिछाँया यसपाली जापानमा पनि प्रष्टरुपमा देखिएको छ । सोही अनुसार प्यानल नै खडा गरी उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा अब जापानका नेपाली काँग्रेस समर्थकहरु तिब्र ध्रुबिकरणतर्फ जाने संकेत देखिएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको निर्बाचन कार्यतालिका अनुसार आउँदो २१ तारिख आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जापानको सबै केन्द्रहरुमा एकैसाथ निर्बाचन हुने छ । २३ तारिख मतगणना गरी २४ तारिख निर्बाचनको नतिजा एक घोषणा सभा मार्फत सार्बजनिक गरिने कार्यक्रम छ ।

यसै बीच अध्यक्षका उम्मेदवार केसीले सार्बजनिक गरेको राजनैतिक पृष्ठभूमिसहितको आफ्नो बिस्तृत परिचय र १० बूँदे प्रतिबद्धता पत्र यसप्रकार छ । ***
Ghosanapatra

तपाईको प्रतिक्रिया