काठमाडौँ – प्रधानमन्त्रीको विशेष दूतका रूपमा बेइजिङ चीनको पुग्नुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ ।
आज भएको भेटमा महराले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डले आफ्नो समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गर्नुभएको थियो ।
भेटमा महराले चीनसँग भएको सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भेटमा चिनियाँ विदेशमन्त्रीले नेपालमा स्थिरता होस् भन्ने चीनको चाहना रहेको बताउनुभयो ।