Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो ।NSU-flag

फर्जी प्रतिनिधि खारेज गर्ने सहमति भएपछि नेवि संघको निर्वाचन प्रक्रिया अघि बढेको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट नैनसिंह महरको उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्यको उम्मेदवारी परेको छ । यस्तै, आनन्द त्रिपाठी, पदमराज पन्त, लक्ष्मण आचार्य, वचन कार्की, नागेनसिंह ठकुरीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । काँग्रेस नेता खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेतले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

नेवि संघको महामन्त्रीमा कुन्दनराज काफ्ले, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, सरोज थापा लगायतको मनोनयन परेको छ । यही साउन २३ गते उद्घाटन गरिएको नेवि संघको महाधिवेशनमा प्रतिनिधि विवादका कारण बन्दसत्र नै नगरी नेतृत्व चयन हुन लागेको हो । नेविसंघको नयाँ विधानअनुसार, १ सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय २९ पदका लागि निर्वाचन हुने प्रावधान छ ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्यका लागि भोलि बिहानबाट निर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया