Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिपे्ररित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभएको छ । 1471331532185_RS_Ktm_160816_IMG_9807

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएको धारणा राख्दै राम्रा काम पनि भएका छन् भन्नुभयो । उहाँले आलोचना तथ्यमा आधारित हुनुपर्नेमा पनि जोड दिनुभयो । पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन नहुने धारणा राख्दै उहाँले भन्नुभयो, ‘पत्रकारिता मर्यादित पेसा हो, गम्भीर हुनुपर्छ ।

मन्त्री कार्कीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले दूरजराजमा बसेर सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई सबैले प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको सक्रियतामा ज्येष्ठ पत्रकारलाई मासिक रु एक हजार प्रदान गर्ने, पत्रकार परिवारलाई शैक्षिक सन्तति वृत्ति, स्वास्थ्य बिमालगायत महत्त्वपूर्ण कार्यक्रम अघि बढेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया