Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – सुरक्षाको पूर्ण प्रबन्ध भए मात्र नेपाली कामदार अफगानिस्तान पठाउन सकिने सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ ।

केही समय पहिले १३ नेपालीको ज्यान गएको अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटको घटनाको छानबिनका लागि गठन भएको टोलीले दिएको प्रतिवेदनमा पूर्ण सुरक्षाको प्रबन्ध नहुँदासम्म नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष निकालेको छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको संयोजत्वकमा गठित कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदै द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन पूर्ण रूपमा सचेतना अपनाउन सुझाव दिएको हो । सचिव लम्साल नेतृत्वमा सरकारले गत असार ९ गते उच्चस्तरीय कार्यदल गठन गरिएको थियो ।

प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित वासस्थानको सुनिश्चिता गरेर मात्रै चौकीदारका रूपमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कार्यदलले दिएको सुझावलाई पूर्ण रूपमा कार्यान्वयन गरिने र पूर्ण रूपमा पालना गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्रीले द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने विषय नै गम्भीर भएकाले त्यसमा पूर्ण रूपमा सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो । ‘विदेशमा रोजगारीका लागि गएका नेपालीको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने नै सरकारको धारणा हो ।

प्रतिवेदन अध्ययन गरेर यसबारेमा मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गरिनेछ’ प्रधानमन्त्रीले भन्नुभयो । उक्त अवसरमा आपूर्तिमन्त्री एवम् तत्कालीन श्रममन्त्री दीपक बोहोराले नेपाली कामदारको सुरक्षाका विषयमा सरकारले प्रभावकारी रूपमा कदम चाल्ने बताउनुभयो ।

कार्यदलका संयोजक सचिव लम्सालले सरोकार भएका सबै पक्षको सहयोग एवम् स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया