Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन सम्वन्धी नियमावली तथा प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको छ ।
यही २०१६ अगस्ट २१ तारिखमा हुन गइरहेको निर्वाचनका लागि समितिले नियमावलीसहित प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको हो । समितिले स्थानान्तरका लागि निवेदन दिएका व्यक्तिहरुको अधिकारिक नामावली र १० जना प्रतिनिधिहरुको नामावली भने अगस्ट १८ तारिख विहान १० वजे सम्ममा प्रकाशित गरिने जनाइएको छ । उनीहरुको नामावली संस्थाका सभापतिद्वारा कार्यसमितिको सल्लाह र सहमतिमा छानिने बताइएको छ । प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा दावी, विरोध र क्षेत्र परिवर्तन गर्नु परेमा अगस्ट १६ तारिख रातको ९ बजे भित्र आवेदन गर्न पनि समितिले अनुरोध गरेको छ । समितिले निम्न इमेल, भाइवर वा फ्याक्स email: [email protected], Viber No. 080-3421-5136, Fax : 03-5834-8337  मार्फत आवेदन गर्न सकिने जनाएको छ ।

मतदाता नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

अन्य जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया