Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

DP Kandelटोकियो – नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यकालका लागि हालका उपसभापति डिपी कँडेलले आफ्नो प्यानल सहित सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन ।
आईतवार एक समारोहका बीच कँडेलले आफ्नो प्यानलबाट खुल्ला तर्फ एक महामन्त्री र एक कोषाध्यक्ष सहित २९ जना उम्मेदवारहरुको घोषणा गरेका हुन ।

पूर्व सभापतिहरू सहित सभापतिका अन्य आकाँक्षीहरूलाई समेत समेटेर प्यानलको घोषणा गरेका हुन । कँडेलका प्यानलबाट महामन्त्रीमा रामजंग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटालाई अघि सारेका छन् भने केन्द्रीय सदस्यमा २६ जनाको नाम सार्बजनिक गरेका छन् ।

सार्वजनिक गरिएको सदस्यहरूमा राजेन्द्र जम्मरकट्टेल, पुस्करजंग थापा, शिवकुमार थापा, हरिसाद कँडेल, पेम्बा लामा, प्रेमप्रसाद कँडेल, जीवन खड्का, साधना घिमिरे, लक्ष्मण थापा, कृष्ण गैरे, दिपक बुर्जा मगर, उल्लास पाण्डे, निरज सापकोटा, राजनकुमार गिरी, लक्ष्मण बानियाँ, बद्रि पौडेल, भिम गैरे, मेख लामा, कर्म टासी लामा, सुष्मा वाईबा लामा, मिन राशी गुरुङ, कृपन दाहाल, सुजन खड्का, हरिश्चन्द्र विष्ट, फडिन्द्र शर्मा, डिल्लीराम शिवाकोटी, अर्बिन श्रेष्ठ, नबिन सागर सापकोटा, रामबहादुर कार्की, सुशिल पौडेल, मर्म तामाङ, गोपाल सुबेदी, सुरेश गिरी, शरदराज लामिछाने, डा. हरेराम अर्याल रहेका छन् ।

नेपाली जनसम्पर्क समिति जापानमा अहिले चुनावी निकै सरगर्मी बढेको छ । अर्कोतर्फ एनआरएनका पूर्व अध्यक्ष र आइसीसी सदस्य समेत भईसकेका ब्यवसायी रोशन केसीले नेतृत्वका लागि दावी गर्दै चुनावी मैदानमा उत्रने भएका छन् । केसीले पनि आजै आफ्नो प्यानलबाट उम्मेदवारहरुको नामावली सार्बजनिक गर्ने बुझिएको छ ।***

तपाईको प्रतिक्रिया