Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद टुंगिने सम्भावना बढेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतदाता नामावली सूची छानविन गरी सच्याउने सहमति भएपछि यस्तो सम्भावना देखिएको हो ।

३४६० प्रतिनिधि रहेकोमा निर्देशक समितिको निर्णयविपरीत तीन सय प्रतिनिधि थपिएको भन्दै नेविसंघमा विवाद निम्तिएको थियो । दुवै नेताबीच नामावली सूची सच्याउने सहमति भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताउनुभयो ।

यसैबिच मनोनयनको समय भोलि ८ बजेसम्मका लागि मनोनयनको समय बढाइएको छ । मनोनयपछि दाबीबिरोध र निर्वाचन कार्यक्रम अगाडि बढ्ने छ ।

तपाईको प्रतिक्रिया