Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवाको प्यानल घोषणा भएको छ । काँग्रेस युवा नेताद्धय गगन थापा र प्रदिप पौडेलको साथमा देउवा समूहले संयुक्त प्यानल घोषणा गरेको हो ।

उक्त समूहको अध्यक्षमा नैनसिंह महर रहनुभएको छ भने महामन्त्रीमा गगन–प्रदिप समूहबाट कुन्दन काफ्ले उम्मेदवार बन्नुभएको छ । काफ्लेले अध्यक्षको दाबी गर्दै आएपनि अन्त्यमा महामन्त्रीको उम्मेदवार बन्नुभएको हो ।

यस्तै अर्को महामन्त्रीको उम्मेदवार सरोज थापा रहनुभएको छ । उपाध्यक्ष, सहमहामन्त्री र कोषाध्यक्षमा भने सहमति हुन बाँकी छ । यसमा छलफल भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया