Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र तत्काल मन्त्रालयमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

हाल मन्त्रालय अन्तर्गत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत तीनजना चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशङ्कामा छानबिन भइरहेको छ । मन्त्रालयले ती चिकित्सकको नाम सार्वजनिक गरेको छैन । छानबिनमा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले छानबिनको दायरा रहेका चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नबाट तत्काल रोक लगाउन सचिव उप्रेतीलाई आइतबार निर्देशन दिनुभएको थियो ।

शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब ५० चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको थियो । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गत असार ५ गते ३६ नक्कली चिकित्सक पक्राउ गरेको थियो ।

तीमध्ये काठमाडौँबाट १३, पर्साबाट, मोरङ र चितवनबाट तीन, ललितपुर र धनुषाबाट दुई/दुई, दाङ, कास्की, झापा र सुनसरीबाट एक/एक चिकित्सकलाई पक्राउ गरेको थियो । यस्तै, यही साउन २४ गते ललितपुर र काठमाडौँबाट एक/एक चिकित्सकलाई सोही आशङ्कामा ब्युरोले पक्राउ गरी प्रहरीले विशेष अदालतमा मुद्दा चलाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया