Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ अन्तर्गत आज मानवअधिकारकर्मीले सिंहदरबार दक्षिण ढोकातर्फ धर्ना दिएका छन् ।gangamaya-555x335

मानवअधिकारकर्मीले छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानीसमेत त्यागेर आमरण अनशन सुरु गरेपछि उहाँको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन आइतबारदेखि दबाबमूलक कार्यक्रमको आयोजना गरेको मानवअधिकारकर्मी चरण प्रसाईंले जानकारी दिनुभयो । धर्नामा मानवअधिकारकर्मी प्रसाईं, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईं लगायत सहभागी हुनुहुन्थ्यो ।

विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बस्नुभएको थियो । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहनुभएको छ ।

सरकारलाई पाँचदिने अल्टिमेटम दिएर उहाँले वीर अस्पतालमा नै आमरण अनशन सुरु गर्नुभएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया