Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ ।

शनिवार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाएका छन् । अध्यक्षका सात उम्मेदवारले आज पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रूपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको जनाई सच्याउन माग गरेका छन् । सङ्घको निर्वाचन गर्न नेपाली काँग्रेसले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको छ । 1471165548709_RoS_Ktm_160814_DSC_0282

अध्यक्षका दाबेदार मनोजमणि आचार्यले निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४ सय ६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भनी आक्रोश व्यक्त गर्नुभयो । उहाँले ६४ जिल्लाको सूची पूर्ववत् अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गर्नुभयो । अध्यक्षका अर्का दाबेदार क्षितिज भण्डारीले ‘पार्टी नेतृत्वले प्रहरीको घेरामा नेविसङ्घ कब्जा गर्ने शैलीमा गर्ने निर्वाचन’ मान्य नहुने बताउनुभयो । नेता दीपक भट्टराईले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहे पनि गैरमतदाता भएको नामावली नसच्याएसम्म महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी दिनुभयो । नेता नीलकण्ठ रिजालले पार्टी नेतृत्वको शैलीले आन्तरिक प्रजातन्त्र कस्तो छ भन्ने छर्लङ्ग भएको बताउँदै वास्तविक मतदाताको नामावली काटिएकामा विरोध जनाउनुभयो ।

त्यस्तै विनिता अधिकारी, आनन्दराज त्रिपाठी र पदमराज पन्तले पार्टी कार्यालयमा प्रहरीको घेरामा निर्वाचन हुन नहुनेमा जोड दिँदै फर्जी मतदाताविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । निर्देशन समिति सदस्यद्वय भट्टराई र घिमिरेले आज संयुक्त विज्ञप्तिमार्फत शनिवार राति सार्वजनिक अन्तिम नामावलीमा विगतको सहमति विपरीत हेरफेर गरिएकाले विवादित बन्न पुगेको स्विकार्नुभएको छ । उहाँहरूले समितिमा भएको सहमति र निर्णयअनुरुप विवादित नामावली सच्याएर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

समितिले आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र लगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबाट वितरण गर्ने तयारी गरेको थियो । समितिले शनिवार राति तीन हजार ७६० मतदाता नामावलीको सूची सार्वजनिक गरेको थियो । सोही बमोजिम समितिले निर्वाचन तालिका सार्वजनिक गरे पनि अब विद्यार्थी नेताहरूले धर्ना दिने जनाएका छन् ।

तपाईको प्रतिक्रिया