Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले पनि बिरामी जाँच गरिरहेको भन्दै तत्काल बिरामी जाँचबाट रोक्न निर्देशन दिनुभएको छ । prachanda

आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन मार्फत् प्रधानमन्त्रीले छानविनमा रहेका डाक्टरलाई बिरामी जाच्न नदिन निर्देशन दिनुभएको हो ।

‘नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो,‘तपाईँले तत्काल छानविनमा रहेका डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस्।’

तपाईको प्रतिक्रिया