Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – विवादका बाबजुत महाधिवेशन उद्घाटन भएको एक सातापछि नेपाल विद्यार्थी सङ्घको ११ महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

विवादबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले शनिवार राति प्रतिनिधिको टुंगो लगाएसँगै निर्वाचन कार्यक्रम सार्वजनिक भएको हो । नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुभएको हो । महाधिवेशन प्रतिनिधि ३ हजार ४ सय मात्र रहने गरी गत मंगलबार सहमति जनाएपनि पार्टीको आधिकारिक साइटमार्फत सर्वाजनिक सूचीमा भने ४ सय भन्दा बढीको नाम रहेको छ । नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत खरेलको हस्ताक्षरमा सार्वजनिक गरिएको प्रतिनिधि सूचीमा ३ हजार ७ सय ६० प्रतिनिधिको नाम छ । nebisangh

विभिन्न समूहबीच भागवण्डा हुँदा प्रतिनिधिको नामावली बढेको बुझिएको छ । प्रकाशित कार्यतालिका अनुसार साउन २९ गते साँझ महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नेदेखि ३२ गते बिहान ७ बजेदेखि मतदान गर्नेसम्मको कार्यक्रम रहेका छन् । हिजो नै मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने र शनिवार मनोनयन दर्ता गर्ने भनिएपनि विवाद नमिलेपछि त्यो सम्भव नभएको हो । आफूलाई लोकतान्त्रिक पार्टी भनेर चिनाउने काँग्रेसको विद्यार्थी सङ्गठनमा भद्रगोल देखिएको हो । महाधिवेशन उद्घाटन एक हप्तासम्म पनि प्रतिनिधि सुची नआएपछि अधिकाशं मतदाताहरु घर फर्किसकेका छन् ।

यसैबिच नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनका प्रतिनिधिहरूलाई आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोला लगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिने भएको छ ।

निर्वाचन कार्यक्रम

महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन : २०७३ श्रावण २९ गते साँझ ९ः०० वजे ।
उम्मेदवारको मनोनयन दर्ता : २०७३ श्रावण ३० गते दिनको ३ः०० वजेदेखि साझ ६ः०० वजेसम्म ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन : २०७३ श्रावण ३० गते वेलुकि ७ः३० बजे ।
उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय : २०७३ श्रावण ३१ गते विहान १०ः०० बजेदेखि १०ः३० बजेसम्म ।
दोस्रो उम्मेदवारको नामावली प्रकाशन २०७३ श्रावण ३१ ग्ते विहान ११ः३० बजे ।
उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३१ गते दिउसो १२ः३० बजेदेखि ३ः३० बजेसम्म ।
दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३० गते दिनको १ः०० बजे ।
उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३१ गते दिनको १ः३० बजेदेखि ५ः३० वजेसम्म ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते साँझ ६ः०० बजे ।
मतदान : २०७३ श्रावण ३२ गते विहान ०७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी.नगरमा हुनेछ ।
मतगणना : मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया