पाकिस्तान – पाकिस्तानमा अस्पतालबाट बच्चा चोर्ने समूहका सात जनालाई प्रहरीले पक्रेको छ । पेशावरबाट प्रहरीले निसन्तान दम्पतीलाई बेच्नका लागि अस्पतालबाट बच्चा चोरी गर्ने समूहका सात जनालाई पक्राउ गरेको बिबिसीले जनाएको छ ।
पक्राउ पर्नेमा एक नर्ससहित तीन स्वास्थ्यकर्मी र एक एजेन्ट पनि रहेको पाकिस्तान प्रहरीले जनाएको छ । उनीहरुले नवजात शिशुलाई मृत शिशुको शवसँग साटेर परिवारलाई बच्चाको ज्यान गएको बताउने गरेका थिए ।
यो समूहले कम्तिमा ९ शिशु चोरी गरेको र ७० हजारदेखि ३ लाख रुपैयाँसम्ममा बेचेका छन् । समूहको साथबाट एक बालिका शिशु पनि भेटिएकी छन् ।